काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको मंसिर २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया