काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया