Logo

कृषि / सहकारी

भारतले गहुँ निर्यातमा लगायो प्रतिबन्ध, जी७ औद्योगिक राष्ट्रद्वारा निन्दा


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

आंशिक रूपमा युक्रेनमा युद्ध र चर्को गर्मीको लहरका कारण उत्पादनमा कमी आएको र आन्तरिक मूल्य कीर्तिमानी उचाइमा पुगेको कारणले खाद्य सुरक्षामा खतरा रहेको भन्दै भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै गहुँको विश्वव्यापी मूल्य नयाँ उचाईमा पुग्ने आँकलन गरिएको छ । यसले विशेष गरी एशिया र अफ्रिकाका गरीब उपभोक्ताहरूलाई कडा मारमा पार्ने देखिएको छ ।

भारतको यस्तो निर्णयप्रति जी७ औद्योगिक राष्ट्रहरूका कृषि मन्त्रीहरुले भने विरोध जनाएका छन् ।

जर्मनीका कृषि मन्त्री सेम ओजडेमिरले भारतको निर्णको निन्दा गर्दे यदि सबैले निर्यात प्रतिबन्ध लगाउन वा बजारहरू बन्द गर्न थालेमा खाद्यान्न संकटले झनै भयावह रुप लिने बताएका छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह