मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६.३२ अंक बढेर २ हजार २१७.१९ विन्दूमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ५३, फाइनान्स २८, होटल तथा पर्यटन २७, जलविद्युत् ५१, जीवन बीमा ७६, उत्पादन ६०, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २४, अन्य ११ अंकले बढेको छ । यस्तै आज ब्यापार उपसमूह ३ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर ५.९५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ । यस दिन २२४ कम्पनीको ३१ लाख कित्ता सेयर १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया