बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ८.०३ अंक बढेर २ हजार २३९.६० विन्दूमा पुगेको छ ।
बैंकिङ १५, ब्यापार ७, निर्जीवन बीमा ७, उत्पादन २७, माइक्रोफाइनान्स ४ र जीवन बीमा ८९ अंकले बढेको छ । यस्तै, अन्य १४, विकास बैंक ७, फाइनान्स ३, होटल तथा पर्यटन २० र जलविद्युत् ४ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै मेगा बैंक लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्त वित्तिय संस्थाको सेयर ५ अंकले घटेको छ । यस दिन २२२ कम्पनीको २३ लाख कित्ता सेयर ८८ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया