काठमाडौं । सरकारले अर्बौं लगानी गरिसकेको र कार्यान्वयनको चरणमा पुगेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चको पूर्ण इजलासले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गर्न आदेश दिएको हो ।
न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार सो फैसला गरेको हो । अदालतले बैंकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको छ ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।
प्रतिक्रिया