Logo

सेयर बजार

३५ अंकले घट्यो सेयर बजार


GDP नेपाल
   १७ जेष्ठ २०७९, मंगलबार


मंगलबार सेयर बजामा ३५ अंकले घटेको छ । नेप्से परिसूचक ३५.५३ अङ्कले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज .म्युचल फन्ड बाहेक अन्य समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बिमा, उत्पादन र माइक्रोफाइनान्स समूहको उपसूचक उच्च अङ्कले ओरालो लागेको छ ।

आज कुल दुई सय २९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, आज सबै भन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह