Logo

सेयर बजार

सेयर बजार ओरालो लाग्ने क्रम जारी


GDP नेपाल
   १८ जेष्ठ २०७९, बुधबार


बुधबार सेयर बजारको परिसूचक नेप्से ७.१९ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७३ विन्दुमा झरेको छ ।

आज बैंकिङ ५, होटल तथा पर्यटन ९, जीवन बीमा १५५, उत्पादन ३३, लघुवित्त १३, निर्जीवन बीमा १५७ र ब्यापार उपसमूह ३३ अंकले घटेको छ । त्यस्तै, विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स उपसमूह ५ अंकले बढेको छ । आज मैलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशत र बलेफी हाइड्रोको मूल्य ९.९ प्रतिशतले बढेको छ । यस्तै, शिखर इन्स्योरेन्सको मूल्य १० प्रतिशतले घटेको छ ।

आज कुल दुई सय २७ कम्पनीको ३० लाख कित्ता सेयर एक अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह