Logo

सेयर बजार

सेयर बजारमा ३३ अंकको पहिरो


GDP नेपाल
   २० जेष्ठ २०७९, शुक्रबार


साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से ३३.७६ अङ्कले घटेर दुई हजार ७८.७६ विन्दुमा झरेको छ ।

आज सबै समूह राताम्मे भएको छ । बैंकिङ २४, होटल तथा पर्यटन २३, जीवन बीमा २३६, उत्पादन ८८, लघुवित्त ६२, निर्जीवन बीमा १६७, ब्यापार उपसमूह ४४, विकास बैंक ५६, जलविद्युत् ३१ र फाइनान्स उपसमूह २१ अंकले घटेको छ ।

समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको सेयर झन्डै ९ प्रतिशतले घटेको छ ।

आज कुल दुई सय २२६ वटा कम्पनीको ३८ लाख कित्ता सेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह