Logo

राजनीति

पत्याउनुस् -नपत्याउनुस् ! तिहारअघि सबैलाई लाइसेन्स, ७ लाख बाँड्ने यातायातमन्त्रीको दाबी


appharu
   २५ आश्विन २०७५, बिहिबार


काठमाडौं । ट्रायल पास गरेर महिनौंदेखि लाइसेन्स कुरिरहनुभएको छ ? छ भने तपाइँहरुका लागि खुसीको खबर ।

सरकारले एक महिनाभित्र ७ लाख लाइसेन्स वितरण गर्ने दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा तिहारअघि सबैलाई लाइसेन्स दिइसक्ने दाबी गरेका हुन् ।

मन्त्री महासेठले चालक अनुमतिपत्रको विषयमा पनि धेरै कुराहरु उठ्ने गरेको उल्लेख गर्दै अब त्यो अध्याय सकिएको दाबी गरेका छन् ।

उनले भने– ‘हामीले धेरैलाई व्यवस्थित गरिसकेका छौं । र, निकट भविष्यमा हामी ७ लाख (तिहारअघि) प्रत्येक नेपाली जसले अहिलेसम्म लाईसेन्स पाउनुभएको छैन, उहाँहरुको हातमा लाईसेन्स पुग्नेछ ।’

मन्त्रीले ३ महिनाअघि पनि १ साताभित्र सबैलाई लाइसेन्स दिने घोषणा गरेका थिए । तर, यातायात व्यवस्था विभागले कम्तिमा पनि ६ महिनासम्म लाइसेन्स दिन नसकिने बताउँदै आएको छ ।

प्रकाशित : २५ आश्विन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह