Logo

सेयर बजार

सेयर बजारमा ४५ अंकको पहिरो


GDP नेपाल
   २४ जेष्ठ २०७९, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ४५.५९ अङ्कले घटेर दुई हजार २०.२३ विन्दुमा झरेको छ ।

आज सबै समूह राताम्मे भएको छ । बैंकिङ ३८, विकास बैंक ८८, फाइनान्स ३७, होटल तथा पर्यटन ४६, जलविद्युत् ४७, जीवन बीमा ८७, उत्पादन १३७, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १३९, अन्य ३१ र ब्यापार उपसमूह ३० अंकले घटेको छ ।

समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै हिमालयन बैंकको सेयर १० प्रतिशतले घटेको छ ।

आज कुल दुई सय ३४ वटा कम्पनीको ३८ लाख ८७ हजार कित्ता सेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह