Logo

सेयर बजार

सेयर बजारमा हरियाली, ६० अंकले बढ्यो नेप्से


GDP नेपाल
   २५ जेष्ठ २०७९, बुधबार


लगातार ओरालो लाग्ने क्रममा रहेको सेयर बजारमा बुधबार भने हरियाली छाएको छ ।

सेयर बजार परिसूचक नेप्से ६०.२२ अङ्कले बढेर दुई हजार ८०.४४ विन्दुमा पुगेको छ ।बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत् ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र ब्यापार उपसमूह ५८ अंकले बढेको छ ।

आज सामुदायीक लघुवित्त वित्तिय संस्था र उपकार लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपालको सेयर ४ प्रतिशतले घटेको छ ।

आज कुल दुई सय ३१ वटा कम्पनीको ५० लाख ५ हजार कित्ता सेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह