बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.५८ अङ्कले घटेर दुई हजार ६२.८६ विन्दुमा झरेको छ ।
बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३६, होटल तथा पर्यटन ३९, जलविद्युत् ४०, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।
समग्रमा बजार घटे पनि आज उपकार लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।
आज कुल दुई सय २९ वटा कम्पनीको ४१ लाख ५६ हजार कित्ता सेयर एक अर्ब ४७ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया