साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ ।
आज सबै समूह राताम्मे भएका छन् । सबै भन्दा धेरै उत्पादन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। यस्तै, सामुदायिक लघुवित्त र युनिलिभर नेपालको सेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ।
आज कुल २२९ कम्पनीका ३० लाख ४५ हजार कित्ता सेयर ८९ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया