आगामी हप्तादेखि सेयर बजार सातामा छ दिन खुल्ने भएको छ ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएसँगै आगामी साताबाट आइतबारदेखि बिहिबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने भएको हो । यस्तै, शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र सेयर बजार खुला हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
सार्वजनिक बिदामा र शनिबार भने नेप्से बन्द रहनेछ ।
प्रतिक्रिया