Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   २ असार २०७९, बिहिबार


लगातार घट्ने क्रममा रहेको सेयर बजार बिहिबार भने दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५७ अङ्कले बढेर एक हजार ९७८.९४ विन्दुमा झरेको छ ।

बैंकिङ ५.७२, विकास बैंक २३.३८, फाइनान्स १४.०४, होटल तथा पर्यटन १२.२५, जलविद्युत् ८.५२, उत्पादन २५.४१, माइक्रोफाइनान्स ३८.४, निर्जीवन बीमा ३४, अन्य ४०.७९ र ब्यापार उपसमूहको सूचक २३.७५ अंकले घटेका छन् । यस्तै, आज जीवन बीमा ४.११ अंकले घटेको छ ।

आज आँधीखोला लघुवित्त, रिभर फल्स पावर र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कुल २२१ वटा कम्पनीको ३५ लाख कित्ता सेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह