Logo

सेयर बजार

सेयर बजार राताम्मे, ३७ अंकले घट्यो नेप्से


GDP नेपाल
   ५ असार २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ३७.२७ अङ्कले घटेर एक हजार नौ सय ३४.११ विन्दुमा झरेको छ ।

आज बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंकले घटेको छ ।

समग्रमा बजार घटेपनि आज आँधीखोला लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै रिभल फल्स पावर कम्पनीको सेयर साढे नौ अङ्कले घटेको छ ।

आज २२३ वटा कम्पनीको ३६ लाख कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह