Logo

सेयर बजार

सेयर बजारमा पहिरो, १९ सय विन्दु तल झर्‍यो नेप्से


GDP नेपाल
   ६ असार २०७९, सोमबार


सोमबार सेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक ४९.३१ अङ्कले घटेर एक हजार नौ सय ८८४.८१ विन्दुमा झरेको छ ।

आज बैंकिङ २१, विकास बैंक १३५, फाइनान्स ४८, होटल तथा पर्यटन ५२, जलविद्युत् ९३, लगानी १, जीवन बीमा २३४, उत्पादन ९१, माइक्रोफाइनान्स ११०, निर्जीवन बीमा २३९, अन्य ४९ र ब्यापार उपसमूह २२ अंकले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि आज आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको सेयर १० प्रतिशत र कालिका पावर र रिभर फल्सको सेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज २३० कम्पनीको ६१ लाख ८६ हजार कित्ता सेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह