लगातार घट्ने क्रममा रहेको सेयर बजारमा मंगलबार भने हरियाली छाएको छ । नेप्से परिसूचक ३७.४९ अङ्कले घटेर एक हजार नौ सय ९२२.३० विन्दुमा पुगेको छ ।
आज बैंकिङ १५, विकास बैंक १२१, फाइनान्स ४४, होटल तथा पर्यटन ५५, जलविद्युत् ५७, लगानी १, जीवन बीमा २०४, उत्पादन ८६, माइक्रोफाइनान्स ८७, निर्जीवन बीमा १४९, अन्य २५ र ब्यापार उपसमूह ४६ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर झन्डै दुई प्रतिशतले घटेको छ ।
आज २३१ वटा कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब २३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया