पुँजी बजार विकास तथा सुधारको माग राख्दै आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् ।
नेपाल धितोपत्र बोर्ड र कोइरालाबीच १९ बुँदे माग कार्यान्वयनको सहमति भएसँगै उनले अनसन तोडेका हुन् । असार १ गतेदेखि अनसन बसेका कोइरालालाई बोर्ड अध्यक्ष रमेश हमालले जुस पिलाएका हुन् ।
उनले विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदका बाँकी काम तत्काल पुरा हुनैपर्नेलगाएतका माग अघि सारेका थिए।
प्रतिक्रिया