सोमबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २३.८५ अङ्कले घटेर एक हजार ९३३.१३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १२, विकास बैंक ११७, फाइनान्स ३०, होटल तथा पर्यटन ७०, जलविद्युत् ६०, उत्पादन ४१, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ९७, अन्य ३७ र ब्यापार उपसमूह ३४ अंकले घटेको छ ।
त्यस्तै, लगानी ०.६४ जीवन बीमा ११३ अंकले बढेको छ ।
आज सिवाईसी लघुवित्त, न्यादी हाइड्रोपावर र लाईफ इन्स्योरेन्स करपोरेसन नेपाल लिमिटेडको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
आज २२९ कम्पनीको ५६ लाख कित्ता सेयर २ अर्ब चार करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया