Logo

सेयर बजार

४१ अंकले बढ्यो नेप्से, एक अर्बको कारोबार


GDP नेपाल
   १५ असार २०७९, बुधबार


आज सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । 

नेप्से ४१.३९ अङ्कले बढेर एक हजार नौ सय ६२.७१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.५५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ ।

आज आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर झन्डै दुई प्रतिशतले घटेको छ ।

यस दिन २२८ वटा कम्पनीको ४३ लाख कित्ता सेयर एक अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह