Logo

बैंक / बिमा /शेयर

बरुण हाइड्रोपावरद्वारा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय


GDP नेपाल
   १९ असार २०७९, आइतबार


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो। कम्पनीले आउँदो साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।

नेपाल धितोपत्र बोर्डले गत असार १५ गते बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।

बोर्डबाट अनुमति पाएसँगै हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह