एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त शाखाको ललितपुर वडा नं १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्षमनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकले हालसम्म देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
प्रतिक्रिया