नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।
यो सुबिधा सीजीएएस प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले एप्रुभ गर्ने बित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउने छन् ।
ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक÷वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन । कर्पोरेट पे सुबिधा लिएका कार्यालयहरुले भने सोही प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया