Logo

सेयर बजार

९ अंकले घट्यो सेयर बजार, चार अर्बको कारोबार


GDP नेपाल
   २० असार २०७९, सोमबार


साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । नेप्से ९.७५ अंकले घटेर २ हजार ७६.६७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढेको छ ।

यस दिन सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढेको छ भने युनियन र ग्रिन लाइफ हाइड्रोको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज २३४ कम्पनीको एक करोड नौ लाख कित्ता सेयर चार अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : २० असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह