ॠणपत्र निष्कासनका लागि सिभिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
बैंकले “सिभिल बैंक डिबेञ्चर २०८४” को नाममा वार्षिक ११ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको लागि प्रतिकित्ता १००० मूल्य अंकित ५० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न निवेदन दिएको हो । बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।
बैंकको ॠणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया