Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा सामुदायीक विद्यालयको भवन पुनःनिर्माण


GDP नेपाल
   २१ असार २०७९, मंगलबार


एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ ।

गत जेठमा आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायतको उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिती शिक्षक तथा बिद्यार्थीलगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

बैंकले वित्तीय कारोवार मात्र नभई सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ’, उनले भने ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह