Logo

बैंक / बिमा /शेयर

प्राइमलाइफ इन्स्योरेन्सद्वारा खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयोग


GDP नेपाल
   २२ असार २०७९, बुधबार


प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको खाट मन्दिर आघारभुत विद्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । यस्तै, कम्पनीले विद्यालय भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो समेत गरेको छ ।

परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रम बीच स्कुललाई सो रकम हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विदालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिको पहलमा स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएको खुसि व्यक्त गरे ।

यस्तै, स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीको यस किसिमको सहयोगले केहि थप हौसला मिलेको बताउदै धन्यबाद ज्ञापन गरे ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थी लगाएत विभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह