Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   २२ असार २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १३.३३ अङ्कले बढेर २ हजार ४३ .९२ विन्दुमा पुगेको छ ।

आज विकास बैंक ७२, फाइनान्स ४२, होटल तथा पर्यटन १६, जलविद्युत् ३३, जीवन बीमा २६६, उत्पादन २०, माइक्रोफाइनान्स १०, अन्य २१ र ब्यापार उपसमूह १ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूह ३५ र बैंकिङ उपसमूह १ अंकले घटेको छ ।

यस दिन सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको सेयर १० प्रतिशतले बढेको छ भने ङादी ग्रुप पावरको सेयर सबैभनद धेरै तीन प्रतिशतले घटेको छ ।

आज २२८ कम्पनीका ६२ लाख कित्ता सेयर दुई अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको सेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह