Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकद्वारा थप तीन स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


GDP नेपाल
   २७ असार २०७९, सोमबार


कामना सेवा विकास बैंक लिमिटेडले थप तीन नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बेंकले आईतबारबाट मोरङ्गको केराबारी १० को थापाटार, सुन्दर सरैंचा १२ शुक्रबारे र झापाको बुद्ध १ को नमुना चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

मोरङ्गको केराबारी गाउँपालिका १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बारका प्रोपाइटर धन बहादुर लिम्बु, सुन्दर हरैंचा नगरपालिका १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेडका प्रोपाइटर राजन भगत र झापाको बुद्ध शान्ति गाउँपालिका ०१ नमुना चोक स्थित बबि सप्लायर्सका प्रोपाइटर नन्द कुमार याफु राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह