नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त र एक आइड्ररोपावर कम्पनीलाइ आइपीओ निष्कासनका लागि अनुमथि दिएको छ ।
बोर्डले अभियान लघुवित्तलाई ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो । यसर्थ, कम्पनीले अब १०० रुपैयाँ दरको ९ लाख ७५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
यस्तै, धौलागिरी लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो । यसर्थ, कम्पनीले अब १०० रुपैयाँ दरको ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सनराईज क्यापिटलले गर्नेछ ।
बोर्डले सिक्लेस हाइड्रोपावरलाई पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको हो । अब, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि २० लाख कित्ता आइपीओ निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।
प्रतिक्रिया