एनसीसी बैंकले २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
इच्छुक संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले प्रतिकित्ता न्यूनतम १३१ रुपैयाँलाई मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस सेयरमा आवेदन दिने अन्तिम मिति साउन ११ गते रहेको छ । यसमा बिक्री प्रबन्धक रहेको सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।
प्रतिक्रिया