बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५९.५४ अङ्कले बढेर एक हजार ९८६.८२ विन्दुमा पुगेको छ ।
बैंकिङ २४, विकास बैंक २२३, फाइनान्स १०२, होटल तथा पर्यटन ९६, जलविद्युत् १०४, जीवन बीमा १७०, उत्पादन १४१, लघुवित्त १३८, निर्जीवन बीमा १४४, अन्य ६६ र व्यापार उपसमूह १०३ अंकले बढेको छ।
आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २२५ कम्पनीका ५७ लाख कित्ता सेयर २ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया