Logo

बैंक / बिमा /शेयर

हिमालयन र सिभिल बैंकबीच मर्जको प्रारम्भिक सम्झौता


GDP नेपाल
   २९ असार २०७९, बुधबार


हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ ।

मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका हुन् ।

हिमालयन र सिभिल बैंकबीच १००ः८१ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । यसको अर्थ हाल सिभिल बैंकको १०० कित्ता सेयर हुनेहरुले मर्जरपछि बन्ने बैंकको ८१ कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि बैंकको नाम हिमालयन बैंक रहनेछ भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहनेछन् । यस्तै, दोश्रो बरियतामा भने सिभिल बैंकका सीइओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीइओ बन्नेछन् ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह