Logo

बैंक / बिमा /शेयर

‘आईएमई पे’ बाट हवाई टिकट काट्ने दुई जनाले जिते सुनको सिक्का


GDP नेपाल
   ३० असार २०७९, बिहिबार


आईएमई पेको ‘हवाइ टिकट काटौँ, सुनचाँदी जितौँ’ योजनाअन्तर्गत सुनको सिक्का जित्ने दुई जना विजेताको नाम घोषणा गरिएको छ।

यसअन्तर्गत पहिलो दुई साताको एक भाग्यशाली विजेता सन्देश श्रेष्ठ छन् भने दोस्रो दुई साताको एक भाग्यशाली विजेता राम पुकार महतो छन्। दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौंको हवाइ टिकट काटेका थिए।

योजना अवधिभर हवाइ टिकट काट्ने यात्रुहरुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको कम्पनीले जनाएको छ।

जेठ १ बाट सुरु भएको यस योजनामा आईएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाइ टिकेट काट्नु भएका यात्रुहरुमध्ये योजना अवधिभर हवाइ टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएको कम्पनीको भनाइ छ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुनपुगेको छ। आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाइ उड्डयन माध्यम नै रोज्छन्।

यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एप जस्ता मोबाईल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ।

अझ बढी यात्रुहरुलाई हवाई यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह