Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   ३० असार २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १४.७१ अङ्कले बढेर दुई हजार १.५३ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ३३, फाइनान्स २५, होटल तथा पर्यटन १०, जलविद्युत् ४७, जीवन बीमा ११, उत्पादन ३७, लघुवित्त ५५, निर्जीवन बीमा २८, अन्य ५ र व्यापार उपसमूह ५ अंकले बढेको छ।

आज नबिल प्रगति फन्डको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको सेयर भने पाँच प्रतिशतले घटेको छ ।

यस दिन १२० वटा कम्पनीका ६२ लाख कित्ता सेयर दुई अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह