Logo

सेयर बजार

झण्डै ८ अंकले बढ्यो सेयर बजार


GDP नेपाल
   ३१ असार २०७९, शुक्रबार


साताको कारोबारको अन्तिम दिन सेयर बजार झण्डै आठ अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ७.९३ अङ्कले बढेर दुई हजार ९.४६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १८,विकास बैंक ५, जीवन बीमा ३८ र माइक्रोफाइनान्स उपसमूह ६८ अंकले बढेको छ । यस्तै, ब्यापार १२, अन्य २५, निर्जीवन बीमा ३, उत्पादन १४, फाइनान्स ७, होटल तथा पर्यटन २० र जलविद्युत् १७ अंकले घटेको छ ।

यस दिन आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको सेयर भने साढे पाँच प्रतिशतले घटेको छ ।

आज २३१ कम्पनीका ४० लाख कित्ता सेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको सेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह