कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यसाथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
बैंकले सेवा विस्तार गर्ने क्रममा असार ३० गते बिहीबारबाट इलाम जिल्लाको रोङ गापा–६ स्थित सलकपुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। सोही गाउँपालिकाका अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
त्यस्तै, ६ नम्बर वडाका सदस्य धीरज राईले उक्त शाखारहित बैंकिङ सेवाको उद््घाटन गरी सेवा शुभारम्भ गरेका थिए।कार्यक्रममा वडा ६ का अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावका साथै बैंकका अन्य कर्मचारी सहभागी थिए।
शाखारहित बैंकिङ प्रणलीमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायत सुविधा प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।
प्रतिक्रिया