Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १ श्रावण २०७९, आइतबार


आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.९३ अङ्कले बढेर दुई हजार ११.३९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ८, ब्यापार ८, उत्पादन ४३ र जीवन बीमा १५ अंकले बढेको छ । यस्तै, विकास बैंक १, माइक्रोफाइनान्स १७, अन्य १०, निर्जीवन बीमा ६, फाइनान्स ११, होटल तथा पर्यटन ३१ र जलविद्युत् २६ अंकले घटेको छ ।

यस दिन राधी जलविद्युतको सेयर साढे पाँच प्रतिशतले बढेको छ । सेयर बजार सामान्य अंकले बढेपनि सामुदायिक लघुवित्तको सेयर भने साढे सात प्रतिशतले घटेको छ ।

आज २१० कम्पनीका ३० लाख कित्ता सेयर एक अर्ब २३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह