Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार


GDP नेपाल
   ३ श्रावण २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

सेयर बजार परिसूचक नेप्से १६.२० अङ्कले बढेर दुई हजार ४५.६३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६, विकास बैंक ४१, फाइनान्स ४३, होटल तथा पर्यटन ३९, जलविद्युत् १५, जीवन बीमा ८०, उत्पादन ६४, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा ७२, अन्य ३ र ब्यापार उपसमूह ३२ अंकले बढेको छ ।

यस दिन इमर्जिङ नेपालको सेयर आठ प्रतिशतले बढेको छ ।

आज २१३ कम्पनीका ५७ लाख कित्ता सेयर दुई अर्ब २९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

 

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह