बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४.८९ अङ्कले बढेर दुई हजार ५०.५९ विन्दुमा पुगेको छ ।
विकास बैंक ५, फाइनान्स ३१, उत्पादन ६३, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५६ र अन्य १७ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.६२, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।
यस दिन मल्टिपरपोज फाइनान्सको सेयर ५ प्रतिशतले बढेको छ ।
आज २१५ कम्पनीका ४१ लाख कित्ता सेयर एक अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया