Logo

सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ६ श्रावण २०७९, शुक्रबार


साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटको छ । सेयर बजार परिसूचक नेप्से २७.२६ अङ्कले घटेर दुई हजार १७.४६ विन्दुमा पुगेको छ ।

विकास बैंक ७१, फाइनान्स २७, उत्पादन ११२, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ३२, अन्य ३२, बैंकिङ १५, होटल तथा पर्यटन ५८, जलविद्युत् ३५, जीवन बीमा १०९ र ब्यापार उपसमूह ५० अंकले घटेको छ ।

आज सप्तकोशी विकास बैंकको सेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तको सेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज २१२ वटा कम्पनीको ३३ लाख कित्ता सेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह