सोमबार सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से ५४.४५ अङ्कले बढेर दुई हजार १३२.९६ विन्दुमा पुगेको हो ।
विकास बैंक २१३, फाइनान्स १३८, उत्पादन १७०, माइक्रोफाइनान्स १८५, निर्जीवन बीमा १२५, अन्य १४, बैंकिङ २१, होटल तथा पर्यटन ७५, जलविद्युत् १०७, जीवन बीमा २१० र ब्यापार उपसमूह ५० अंकले बढेको छ ।
आज बलेफि हाइड्रो, यूनाइटेड मोदी हाइड्ररो, सूर्योदय वोमी लघुवित्त, ग्राीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स र मानुषी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २१४ वटा कम्पनीका ९९ लाख कित्ता सेयर ४ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया