Logo

सेयर बजार

४४ अंकले घट्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   १० श्रावण २०७९, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से ४४.८ अङ्कले घटेर दुई हजार ८८.१६ विन्दुमा पुगेको हो ।

विकास बैंक ११४, फाइनान्स ५२, उत्पादन ९४, माइक्रोफाइनान्स ११०, निर्जीवन बीमा १०३, अन्य ५७, बैंकिङ २५, होटल तथा पर्यटन ७८, जलविद्युत् ४८, जीवन बीमा १३३ र ब्यापार उपसमूह ५० अंकले घटेको छ ।

आज गणपति लघुवित्त कम्पनीको सेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि मल्टिपर्पोज फाइनान्सको सेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २२२ कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह