बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १५.४९ अंकले बढेर २ हजार १२७.४७ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ८५, फाइनान्स ५९, होटल तथा पर्यटन ६४, जलविद्युत् २९, जीवन बीमा १५, माइक्रोफाइनान्स ७० र व्यापार उपसमूह भने ४ अंकल बढेको छ । त्यस्तै, उत्पादन २४, निर्जीवन बीमा ०.५५ र अन्य उपसमूह ३ अंकले घटेको छ ।
आज विन्धवासिनी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २२१ कम्पनीका एक करोड १९ लाख कित्ता सेयर ४ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएका छन् ।
प्रतिक्रिया