साताको कारोबारको अन्तिम दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से १३.०५ अङ्कले बढेर दुई हजार १४०.५२ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक १८१, फाइनान्स १९, होटल तथा पर्यटन १०९, जीवन बीमा ७, माइक्रोफाइनान्स २०, व्यापार३, उत्पादन ३६, र अन्य उपसमूह २३ अंकले बढेको छ । त्यस्तै, जलविद्युत् २ र निर्जीवन बीमा १५ अंकले घटेको छ ।
आज राष्ट्र उत्थान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै झन्डै साढे ३ प्रतिशतले घटेको छ ।
आज २१६ कम्पनीको ५१ लाख कित्ता सेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किचबेच भयो ।a
प्रतिक्रिया