सोमबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.१५ अङ्कले बढेर दुई हजार १९६.२५ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, जलविद्युत् १८, उत्पादन १०९ र ब्यापार उपसमूह ७६ अंकले बढेको छ । यस्तै, अन्य १०, निर्जीवन बीमा १९, माइक्रोफाइनान्स ५८, जीवन बीमा १९, होटल तथा पर्यटन ६०, फाइनान्स २ र विकास बैंक उपसमूह ५९ अंकले घटेको छ ।
आज बुटवल पावर कम्पनीको सेयर झण्डै ७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको प्रोमोटर सेयर ५ प्रतिशतले घटेको छ ।
यस दिन २१७ कम्पनीको एक करोड ५ लाख कित्ता सेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।










प्रतिक्रिया