Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   १७ श्रावण २०७९, मंगलबार


सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.८१ अङ्कले घटेर दुई हजार १९३.४३ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक २१, होटल तथा पर्यटन २८, जीवन बीमा ६४, निर्जीवन बीमा ७ र अन्य उपसमूह १७ अंक घटेको छ । यस्तै, व्यापार ३७, लघुवित्त ४१, उत्पादन ०.९, जलविद्युत् २८ र फाइनान्स उपसमूह २३ अंकले बढेको छ ।

आज राष्ट्र उत्थान लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन २१७ कम्पनीका ७८ लाख कित्ता सेयर तीन अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह