Logo

सेयर बजार

६ अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   १८ श्रावण २०७९, बुधबार


बुधबार सेयर बजारमा गिरावट आएका छ । सेयर बजार परिसूचक नेप्से ६.७१ अङ्कले घटेर २ हजार १८६.७७ विन्दुमा झरेको छ ।

जलविद्युत् ४२, माइक्रोफाइनान्स ७ र ब्यापार ८६ अंकले बढेको छ । यस्तै, बैंकिङ ९, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन १४, जीवन बीमा ७३, उत्पादन १३, निर्जीवन बीमा ८६ र अन्य उपसमूह १८ अंक घटेको छ।

आज स्ट्यान्डर्ड चार्टेड बैंकको सेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि साम्लिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको सेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

यस दिन २१८ कम्पनीको ९५ लाख कित्ता सेयर चार अर्ब दुई करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह